समाचार

यी स्थानमा मध्यम र भारी वर्षा हुने

३१ असार २०८१, सोमबार ०२:४२
यी स्थानमा मध्यम र भारी वर्षा हुने

३१ असार, काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

त्यस्तै मनसुनको न्यूनचापीय रेखा सोमबार सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका  एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले निकालेको नियमित मौसम बुलेटिनमा आज बेलुकी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उल्लेख छ । तर अघिल्लो हप्तातिर जस्तो देशभर एकसाथ ठूलो पानी पर्ने सम्भावना अबको तीन दिन नरहेको मौसमविद् मानन्धरले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज बिहानैदेखि घाम लागेको छ ।

प्रतिक्रिया दिनुहोस्