खेलकुद

क्यारेबियन लिगमा रोहित र दीपेन्द्र

३१ असार २०८१, सोमबार ०२:३८
क्यारेबियन लिगमा रोहित र दीपेन्द्र

३१ असार, काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले म्याक्स ६० क्यारेबियन क्रिकेट लिग खेल्ने भएका छन्।

प्रतियोगितामा रोहितले मियामी लाइन्स र दीपैन्दैले ग्रान्ड केम्यान स्टिन्ग्रेजबाट खेल्नेछन् । रोहितको टोलीमा ड्वेन ब्राभो आइकन खेलाडीको रुपमा आबद्ध छन्।

क्यारेबियन फ्रेन्चाइज लिग अगस्ट १८ देखि २५ सम्म केम्यान आइल्यान्डमा हुने छ। यो प्रतियोगिता टी-१० फर्म्याटमा हुने छ। रोहित मियामी लायन्समा आबद्द भएका हुन्। यो टोलीमा ड्वेन ब्राभो आइकन खेलाडीका रुपमा रहनेछन्। त्यस्तै, दीपेन्द्रलाई ग्रान्ड केम्यान स्टिङरेजले नियुक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्