राजनीति

जसपाले माग्यो पुरानै मन्त्रालय

३० असार २०८१, आईतवार ०९:५०
जसपाले माग्यो पुरानै मन्त्रालय

३० असार, काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा पुरानै मन्त्रालय मागेको छ ।

अध्यक्ष अशोक राईले यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जसपालाई दिइएकै मन्त्रालयहरु मागेको उनी निकट एक नेताले बताए । ‘हामीले पुरानै मन्त्रालयहरु मागेका छौं ।प्रचण्ड नेतृत्वको सरकारमा राई नेतृत्वको जसपाले स्वाथ्य र वन तथा वातावरण मन्त्रालय पाएको थियो ।

जसपाबाट मन्त्री बनेका नेताहरु प्रदीप यादव र नोवलकिशोर साह सुडीले मन्त्री पदबाट राजीनामा बुझाएका थिए । जसपाले पनि सरकारबाट समर्थन फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्