नेपाली चलचित्र

जन्मदिनमा खगेन्द्र लामिछानेलाई नयाँ फिल्म उपहार

३० असार २०८१, आईतवार ०८:३४
जन्मदिनमा खगेन्द्र लामिछानेलाई नयाँ फिल्म उपहार

काठमाडौँ।फिल्म ‘के घर के डेरा’ ‘घर नम्बर २’मा अभिनेता खगेन्द्र लामिछाने अनुवन्धित भएका छन् । निर्माणपक्षले लामिछानेलाई उनकै जन्मदिनको अवसरमा मुख्य भूमिकामा अनुवन्धित गराएको हो ।

जन्मदिनको अवसरमा उनलाई निर्माण टिमले फिल्मको मुख्य भूमिकामा अनुबन्धित गरेको हो । दीपेन्द्र के। खनालले फिल्मलाई निर्देशन गर्नेछन् । खगेन्द्र र दीपेन्द्रबीच यसअघि ‘पशुपति प्रसाद’, ‘धनपति’ र ‘मेयर’मा सहकार्य भैसकेको छ ।

‘कर्नाली ब्लुज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता पुस्तकका लेखक बुद्धिसागरले यो फिल्मको स्क्रिप्ट लेखिरहेका छन् । पहिलोपटक उनको लेखनमा फिल्म बन्न लागेको हो । आगामी साउन २५ गतेबाट छायांकन सुरु हुने फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्मातामा छन् । कार्यकारी निर्माता भने युवराज कार्की हुन् । फिल्मका लागि खगेन्द्रबाहेक अरु कलाकार फाइनल भएका छैनन् ।

फिल्मलाई साउनको २५ गतेबाट छायांकनमा लैजाने तयारी गरिएको छ । निर्माताले प्रि-प्रोडक्सनको कामलाई तिव्रता दिने बताएको छ । जसअनुसार, फिल्मको मुख्य भूमिकामा खगेन्द्रलाई फाइनल गरिएको हो । पशुपतिप्रसाद, धनपति, भष्मे डन र मेयरपछि दीपेन्द्र र खगेन्द्रको यो पाँचौ सहकार्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्