नेपाली चलचित्र

‘ह्रस्व दीर्घ’मा रेखा थापाको पनि अभिनय रहने

३० असार २०८१, आईतवार ०८:२४
‘ह्रस्व दीर्घ’मा रेखा थापाको पनि अभिनय रहने

काठमाडौँ। नीता ढुंगाना र हरिहर अधिकारीको जोडीको फिल्म ‘ह्रस्व दीर्घ’ निर्माण घोषणादेखि नै चर्चामा छ। यो फिल्ममा चर्चित भारतीय कलाकारहरूसँगै नेपालबाट फ्रण्टलाइनमा नाम चलेका अनुहारहरू छन्।

निर्माण पक्षले रेखाको छायाङ्कन समयको एक तस्बिर सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो । सार्वजनिक तस्बिरमा फिल्मका निर्देशक चन्द्र पन्त र अभिनेत्री तथा निर्मात्री निता ढुंगानाले रेखासँग छलफल गरिरहेको देख्न सकिन्छ ।

प्राप्त तस्बिरमा रेखालाई  ‘ह्रस्व दीर्घ’ को छायांकन सेटमा देख्न सकिन्छ। जहाँ निर्देशक चन्द्र पन्त र निर्मात्री एवं अभिनेत्री नीता ढुंगानासँग स्क्रिप्टमा छलफल गरिरहेको देखिन्छ।

निर्देशक चन्द्र पन्तले फिल्ममा रेखाको छोटो तर महत्वपूर्ण उपस्थित रहेको बताए। हलमा आउँदा रेखाबाट दर्शकले ठूलो सरप्राइज पाउने चन्द्रको दाबी छ।  नीता फिल्मस्को ब्यानरमा तयार यो फिल्ममा चर्चित भारतीय कलाकार व्रह्मानन्दम, अलि, सुनिल बर्मा, कबिर दुहान, प्रदीप रावतको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्