नेपाली चलचित्र

अनमोलले एउटै फिल्मको कमाइबापत सरकारलाई तिरे साढे ७ लाख कर

३० असार २०८१, आईतवार ०८:२०
अनमोलले एउटै फिल्मको कमाइबापत सरकारलाई तिरे साढे ७ लाख कर

काठमाडौँ। अभिनेता अनमोल केसीले एउटै फिल्मको आम्दानीबापत सरकारलाई साढे ७ लाख रुपैयाँ कर तिरेका छन्।

 केसीले फिल्म ‘फर्की फर्की’ बाट आफूले लिएको पारिश्रमिक बापत ७ लाख ५० हजार रुपैयाँ कर तिरेका छन्।  यो फिल्मबाट उनले ५० लाख रूपैयाँ पारिश्रमिक लिएका थिए।

‘फर्की फर्की’ का निर्माता रोहित अधिकारीले केसीले तिरेको करको रसिद सार्वजनिक गरेका हुन् । अनमोलले फिल्मबाट पाएको ५० लाख पारिश्रमिक बापतको १५ प्रतिशत प्रत्यक्ष (टीडीएस) कर सरकारलाई तिरेका हुन् । यो सार्वजनिकीकरणसँगै अनमोलले ५० लाख रुपैयाँ पारिश्रमिक लिएको पुष्टि भएको छ।

सरकारलाई कर तिरेसँगै निकै राम्रो काम गरेको भन्दै यतिखेर अनमोलको तारिफ भइरहेको छ। किनकि नेपाली फिल्म क्षेत्रमा पारिश्रमिकबापत कर तिर्ने चलन खासै छैन।अनमोलसहित जसिता गुरुङको मुख्य भूमिका रहेको यो फिल्म गत जेठ १० गते रिलिज भएको थियो।

प्रतिक्रिया दिनुहोस्