मुख्य समाचार

कर्णाली र कोशीमा माओवादीका मन्त्रीहरू राजीनामा दिने तयारी

३० असार २०८१, आईतवार ०६:३५
कर्णाली र कोशीमा माओवादीका मन्त्रीहरू राजीनामा दिने तयारी

३० असार, काठमाडौं। केन्द्रमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेपछि नेकपा माओवादी केन्द्र प्रतिपक्षमा धेकेलिएसँगै कर्णाली र कोशीमा  माओवादीका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् ।

केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि नेकपा एमालेले नेतृत्व गरेका कोशी र कर्णाली प्रदेश सरकार कायम रहने निश्चित भएको छ । कोशीमा हिक्मतकुमार कार्की र कर्णालीमा यमालेकै यामलाल कँडेल मुख्यमन्त्री छन् । केन्द्रमा आज एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रदेश सरकार पुनर्गठनको तयारीमा मुख्यमन्त्रीहरु लाग्ने भएका छन् ।

हाल कोशीमा एमाले र माओवादी केन्द्र सरकारमा छन् भने नेकपा एकीकृत समाजवादी र जसपाले समर्थन जनाएका छन् । माओवादीले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायण बुर्जा मगर, स्वास्थ्यमा राजेन्द्र कार्की, भौतिक पूर्वाधार मन्त्रीमा गणेश उप्रेती र बन्दना झाँगर पर्यटन राज्यमन्त्री रहेका छन् ।

आज वा भोलिसम्ममा सरकारबाट बाहिरिने तयारी रहेको भए पनि मुख्यमन्त्री कँडेल काठमाडौं रहेकाले ढिलाइ भएको उल्लेख गर्दै मन्त्री परियारले माओवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने सबै मन्त्रीले राजीनामा पत्र बोकेर हिँडेको बताए । यता नयाँ सत्ता साझेदारी गर्न लागेका कांग्रेस र एमालेबीच पनि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको छैन । केन्द्र सरकारले पूर्णता पाएपछि कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउने गरी कांग्रेस र एमालेले तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्