अर्थ / वाणिज्य

सुनको मूल्यमा रेकर्ड ब्रेक

३० असार २०८१, आईतवार ०६:२९
सुनको मूल्यमा रेकर्ड ब्रेक

३० असार, काठमाडौं। सुनको भाउले आज फेरि अहिलेसम्मकै उच्च मूल्य रेकर्ड बनाएको छ ।

आज सुन तोलामा एक हजार आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ४४ हजार नौ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदी भाउ पनि आज तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्