खेलकुद

तेस्रो हुँदै उरुग्वेले टुङग्यायो कोपा अमेरिकाको यात्रा

३० असार २०८१, आईतवार ०३:२५
तेस्रो हुँदै उरुग्वेले टुङग्यायो कोपा अमेरिकाको यात्रा

३० असार, काठमाडौं। उरुग्वेले कोपा अमेरिकाको तेस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । अमेरिकाका क्यारोलिनामा आइतबार विहान तेस्रो स्थानका लागि भएको खेलमा उरुग्वेले क्यानडालाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गरेको हो ।

खेलको आठ मिनेटमा सुरुवाती अग्रता लिएको उरुग्वेविरुद्ध २२ औँ मिनेटमा गोल गर्दै क्यानडाले बराबरी गरेको थियो। उरुग्वेका लागि आठौँ मिनेटमा रोड्रिगोले गोल गरे भने क्यानडाका लागि बराबरी गोल २२ औँ मिनेटमा इस्माइल कोनेले गरे।

सुरुआती अग्रता उरुग्वेले लिए पनि अग्रता जोगाउन असफल भएको थियो । एक समय पछि परेको अवस्थामा अतिरिक्त समयका दोस्रो मिनेटमा लुईस सुवारेजले गोल गर्दै खेल पेनाल्टीमा लगेका थिए । आठौं मिनेटमा रोड्रिगो बेन्टकुरले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । २२ औं मिनेटमा क्यानडाका स्मेल कोनले गोल गर्दै खेल एक एक गोलको बराबरीमा ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्