नेपाली चलचित्र

‘घरज्वाइँ’लाई दर्शकको राम्रो साथ

३० असार २०८१, आईतवार ०१:२०
‘घरज्वाइँ’लाई दर्शकको राम्रो साथ

काठमाडौं। पछिल्लो समय दर्शकले निकै रुचाएको जोडी अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको अभिनय गरेको फिल्म ‘घरज्वाइँ’ले शनिवार बक्स अफिसमा आक्रामक व्यापार गरेको छ ।

असार २८ गते शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘घरज्वाइँ’ले पहिलो ठिक ठिकै बक्स अफिसमा व्यापार गरेको थियो भने फिल्मले शनिवार बक्स अफिसमा आक्रामक व्यापार गरेको छ ।

शुक्रवार बिहानी शोमा वर्षाले केही हदसम्म असर गरेपनि दिउँसोदेखि पिकअप लिएको फिल्मले शनिवार बिहानी शोबाटै आक्रामक व्यापार गरेको वितरक रोहित कट्टेलले बताए ।

शनिवारको बिहानी शोमा ८० प्रतिशत माथिको अकुपेन्सी देखिएको थियो भने दिउँसो १२ बजेपछिका शोमा शतप्रतिशत अकुपेन्सी रहेको वितरक कट्टेलले बताए । शुक्रवार दर्शकबाट मिलेको उत्कृष्ट वर्डअफ माउथका कारण धेरै हलले आज शनिवारका लागि शो थपेका थिए ।

आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा रहेको भन्दै भोलि आइतवारदेखि पनि दर्शकको यस्तै साथ आवश्यकता रहेको उल्लेख गरेका छन् । डेव्यु निर्देशक अनिल बुढा मगरले पनि आफ्नो पहिलो पाइलामा नै दर्शकको यो लेवलको साथ र सहयोग मिल्दा आगामी दिनमा अझ उत्कृष्ट फिल्म निर्माण गर्नु पर्ने चुनौती थपिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्