जीवनशैली

मनन गर्नुस् यी ८ कुरा, सफलता पाउनुहुनेछ

१८ पुष २०७८, आईतवार ०२:०९
मनन गर्नुस् यी ८ कुरा, सफलता पाउनुहुनेछ

काठमाडौं । आचार्य चाणक्यका नीतिहरूलाई अनुसरण कुनै पनि नयाँ काम गर्दा दुविधा रहँदैन । चाणक्य प्राचीन भारतवर्षका बुद्धिमान्, चतुर र प्रसिद्ध अर्थशास्त्री थिए । उनले बताएका नीतिहरू अहिलेसम्म पनि सान्दर्भिक छन् । यस कामले सफलता देला कि नदेला ।

पत्नीसँग सल्लाह
विवाह गरेका पुरुषले नयाँ काम शुरु गर्दा श्रीमतीसँग सल्लाह लिनु उपयुक्त हुन्छ । आखिर उनी जीवनसंगिनी हुन् । उनले उचित सल्लाह नै दिन्छिन् ।

क्षमताको लेखाजोखा
काम गर्ने आफ्नो क्षमता छ कि छैन, त्यसको लेखाजोखा गर्नुहोला । गर्नुभएन भने तपाईं अवश्य खतरामा पर्नुहुन्छ ।

शरीरको हेरचाह
भगवानले दिएको उपहार हो शरीर । त्यसैले कुनै नयाँ प्रोजेक्ट शुरु गर्नुअघि आफू स्वस्थ छु कि छुइन हेर्नुस् ।

दुश्मनलाई साथी बनाउने
मानिससँग राम्रो व्यवहार गर्नुभयो भने दुश्मन पनि साथी बन्छन् । यसो गर्नुभयो भने तपाईंलाई सफल हुनबाट कसैले रोक्न सकदैन ।

अशिष्ट पनि बन्नुपर्छ
जिन्दगीमा सफल हुनका लागि तपाईंले कडा निर्णय पनि लिनुपर्ने हुन्छ । यसका लागि अशिष्ट व्यवहार गर्नुप–यो भने पनि पछि नपर्नुस् ।

रहस्य लुकाउनुस्
काम शुरु गर्नुअघि आफ्ना विचार कसैसँग पनि नबाँड्नुहोला । यसरी प्लान अरूलाई सुनाउँदा तपाईं कहिल्यै सफल हुनुहुन्न ।

जिभ्रोमा नियन्त्रण
सफलता र असफलता जिभ्रो नियन्त्रणमा छ कि छैन भन्ने कुराले निर्धारण गर्छ । जति मीठो बोल्नुहुन्छ, तपाईंलाई त्यति धेरै फाइदा हुन्छ ।

तीन सोच
कुनै पनि काम शुरु गर्नुअघि मनमा यी कुरा खेलाउनुपर्छ । काम शुरु गर्ने समय र स्थान, तपाईंको सम्पत्ति र समर्थन गर्ने मानिसहरू ।

प्रतिक्रिया दिनुहोस्