समाचार

त्रिशूलीमा दुई बस अपडेट: आज बिहानदेखि पुनः खोजी कार्य शुरू गरिने

३० असार २०८१, आईतवार ००:४९
त्रिशूलीमा दुई बस अपडेट: आज बिहानदेखि पुनः खोजी कार्य शुरू गरिने

३० असार, काठमाडौं। चितवनको नारायणजगढ-मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता पारेको दुई बस र यात्रुको खोजी कार्य आजलाई स्थगित गरिएको थियो खोजी कार्य पुनः आज (आइतवार) बिहानबाट शुरू हुने भएको छ ।

बिहान ७ बजेबाट पुनः काम शुरू गरिने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । शुरूकै दिनदेखि प्रहरीलगायत सुरक्षा निकायले बस तथा यात्रुको खोजी गरिरहेको छ तर अँध्यारो भएकाले शनिवार साँझदेखि खोजी कार्य रोकिएको थियो ।

भोलि आइतवार पुन: खोजतलास थालिने चितवन प्रहरीले जनाएको छ। चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले आजसम्म दुई  शव मात्रै नदीबाट निकालिएको जानकारी दिँदै अर्को एउटा शव भने सनाखत हुन नसकेको बताए। बस पहिरोमा परेर त्रिशूली नदीमा खस्दा नन्दन दास, सुरजप्रसाद गुप्ता र जगेश्वर यादव हाम फालेर ज्यान जोगाएका थिए।

प्रहरीले बेपत्ता बस र यात्रुको खोजीका लागि विपद् उद्धारका सम्पूर्ण शक्ति प्रयोग भइरहेको बताएको छ। आज सशस्त्र प्रहरीको गोताखोर टोलीले ‘स्नेक आइ’ क्यामराको सहयोगमा खोजी गरिरहेको छ। उक्त क्यामराले पानीमुनी रहेका वस्तु पहिचानमा सहयोग गर्छ।

प्रतिक्रिया दिनुहोस्