समाचार

नारायणीमा फेला परेको शव गणपति डिलक्समा सवार यात्रुको

२९ असार २०८१, शनिबार ०९:५३
नारायणीमा फेला परेको शव गणपति डिलक्समा सवार यात्रुको

२९ असार, काठमाडौं। चितवनको भरतपुर–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ ।

नेपाल प्रहरीको बागमती प्रदेशका डीआईजी विष्णु केसीले दिएको जानकारी अनुसार उक्त शव गणपति डिलक्सका यात्रुको हो । नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। शवको साथमा केही कागजात पनि भेटिएको छ। प्राप्त कागजातको आधारमा उनी  भारतीय नागरिक ऋषि पल साह रहेको खुलेको प्रहरीको भनाइ छ।

नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शवको साथमा केही कागजात पनि भेटिएको छ । प्राप्त कागजातको आधारमा उनी  भारतीय नागरिक ऋषि पल साह रहेको खुलेको प्रहरीको भनाइ छ । ‘साह नेपालमा बसेर काम गर्थे,’ डीआईसी केसीले भने ।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेका छन् । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन् ।

प्रतिक्रिया दिनुहोस्