राजनीति

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

२९ असार २०८१, शनिबार ०९:४८
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

२९ असार, काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेका लागि बोलाइएको बैठक ढिलो गरि सुरू भएको हो ।

बैठकमा नयाँ सरकार गठन, मन्त्रालय बाँडफाँड र मन्त्रीका लागि नेताहरुको नाम टुंगो लगाउने निर्णय हुनेछ । साथै पछिल्ला राजनीतिक, समसामयिक विषयमा पनि छलफल हुने कांग्रेसले बताएको छ । बैठकमा विपद् व्यवस्थापनका बारेमा छलफल हुने र सरकारलाई विपद् न्युनिकरणका लागि सरकारलाई सुझाव दिइने बताइएको छ ।

बैठकमा विपद् व्यवस्थापनका बारेमा छलफल हुने र सरकारलाई विपद् न्यूनीकरणका लागि सरकारलाई सुझाव दिइने बताइएको छ । साथै नेपाली कांग्रेसको भागमा गृह मन्त्रालय पर्ने भएसँगै सुशासन कायम गर्ने, विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने बारेमा पनि छलफल हुने बताइएको छ ।

आजको बैठकमा नयाँ सरकार गठन र समसामयिक विषयमा छलफल हुने बताइएको छ । साथै ओली सरकारमा पठाउने मन्त्रीहरूबारे पनि निर्णय लिने पार्टीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्