मुख्य समाचार

पदमुक्त भएसँगै राष्ट्रपति भेट्न शीतल निवासमा प्रचण्ड

२८ असार २०८१, शुक्रबार १४:४२
पदमुक्त भएसँगै राष्ट्रपति भेट्न शीतल निवासमा प्रचण्ड

२८ असार, काठमाडौं। तेस्रो पटक सत्ता यात्रा टुंगिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् ।

संसद भवन नयाँ बानेश्वरबाट प्रचण्ड सिधै शीतल निवास पुगेका थिए । सो क्रममा राष्ट्रपति र प्रचण्डबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ । शुक्रवार प्रतिनिधिसभामा  प्रचण्डले राखेको विश्वासको मत अस्वीकृत भएसँगै उनी पदमुक्त भएका हुन् ।  तत्काल रहेको २५८ मत रहेकोले उनले ६३ मात्रै मत पाएको र त्यसको विपक्षमा १९४ मत परेकाले उनको प्रस्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

उपाधारा ३ अनुसार सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुन्छन् । तर गत असार १७ गते नै कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उपधारा २ अनुसार प्रधानमन्त्री बनाउन सहमति गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्