मुख्य समाचार

ओलीप्रति प्रचण्डको व्यंग्य- संसद विघटन गर्न वाणी परेका साथीहरूले नैतिकताको पाठ सिकाउनुभयो

२८ असार २०८१, शुक्रबार ०६:३३
ओलीप्रति प्रचण्डको व्यंग्य- संसद विघटन गर्न वाणी परेका साथीहरूले नैतिकताको पाठ सिकाउनुभयो

२८ असार, काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू अल्पमतमा परेपछि संसद् विघटन गर्न बानी परेकाहरूले नैतिकताको पाठ पढाउन खोजेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्दै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओलीप्रति व्यंग्य गर्दै अल्पमतमा पर्दा संसद विघटन गर्न वाणी परेकाहरूले आफूलाई नैतिकताको पाठ नसिकाउन भनेका हुन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन् । “आफू अल्पमतमा परेपछि संसद् नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरूले समेत मलाई नैतिकताको पाठ पढाउने प्रयास गर्नुभयो,” प्रधानमन्त्री प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्