मुख्य समाचार

प्रचण्डले आजै बालुवाटार छोड्ने, खुमलटारको निवास सरसफाइ गरेर तयार

२८ असार २०८१, शुक्रबार ०६:२९
प्रचण्डले आजै बालुवाटार छोड्ने, खुमलटारको निवास सरसफाइ गरेर तयार

२८ असार, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोड्ने भएका छन् ।आज प्रतिनिधि सभाको बैठकपछि उनले बालुवाटार छोड्ने तयारी गरेको उनको सचिवालयले जानकरी गराएको छ ।

सरकार अल्पमतमा परेदेखि नै खुमलटारस्थित निवासको सरसफाई गरिएको थियो।प्रचण्डले आफ्नो कार्यकालमा भएका काम र आगामी कार्ययोजनाबारे जानकारी गराउनपार्टी कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्