राजनीति

पाँचौँ पटक विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्ड

२८ असार २०८१, शुक्रबार ०६:२३
पाँचौँ पटक विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्ड

२८ असार, काठमाडौं।प्रतिनिधि सभाको शुक्रबारको बैठक सुरू भएको छ । बैठक सुरू हुनेबित्तिकै सांसदहरूले बोल्न समय माग गरेका छन् । सांसदहरू बोलेपछि शुक्रबारकै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्रस्ताव पेस गर्ने तयारी छ ।

सत्तारुढ दल एमाले र जसपाले सरकार छाडेपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।असार १७ गते नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको थियो। उनीहरूबीच आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा सहमति भएको थियो ।

दुई ठूला दलबीच नयाँ सरकार बनाउने विषयमा सहमति भएपछि सरकारमा रहेका एमाले, जनता समाजवादी पार्टीका मन्त्रीहरूले समर्थन फिर्ता लिँदै राजीनामा दिएका थिए। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले आज विश्वासको मत लिन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्