मुख्य समाचार

सिमलताल पहिरो अपडेट : ३ जनाले हाम फालेर ज्यान जोगाए

२८ असार २०८१, शुक्रबार ०४:१४
सिमलताल पहिरो अपडेट : ३ जनाले हाम फालेर ज्यान जोगाए

२८ असार, काठमाडौं। काठमाडौबाट रौतहटको गौरतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स चितवनको सिमलतालमा पहिरोले बगाउँदा तीन जना यात्रुले हामफालेर ज्यान जोगाउन सफल भएका छन् । उनीहरू अहिले चितवनमै छन् ।

रौतहटको देवाहीगोनाहीका दुई र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक यात्रुले बसबाट हामफालेर ज्यान जोगाएका हुन् । ती यात्रुले बस खस्न थालेपछि आफू क्याबिनको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएको भिडियो रौतहटका एक युवकले समाजिक सञ्जालमा पोस्ट गरेका छन् । सँगै बसेका दुई यात्रुले पनि त्यसैगरी ज्यान जोगाएका छन् । ती यात्रुले भनेका छन्,‘अत्तिएर तल झर्ने बेला सास अडिकएको जस्तै भयो ।’

गएराति साढे ३ बजे भरतपुर महानगरपालिक-२१ सिमलतालमा सडकमाथिबाट खसेको पहिरोसँगै दुइटा बस त्रिशूली नदीमा खसेको हो। वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रुवाहक बस र काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बस त्रिशूलीमा खसेको थियो।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले एउटा बसमा ४२ र अर्कोमा २४ जना यात्रु भएको जानकारीमा आएका बताए।

प्रतिक्रिया दिनुहोस्