मुख्य समाचार

बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

२८ असार २०८१, शुक्रबार ०४:०६
बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन

२८ असार, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले बस बगाउँदा झण्डै ५ दर्जन यात्रु बेपत्ता तथा देशका विभिन्न भागमा बाढीपहिरोका कारण भएका धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस बगाएको घटनाप्रति गहिरो दुख व्यक्त गरेका छन् । साथै उनले बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशन समेत दिएका छन् ।

यस्तै, मनसुन सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्युनीकरणसम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्दार र राहतमा आवश्यक सहकार्य र समन्वयका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारलाई पनि दाहालले अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्