भिडियो

समीक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘आगो’ सार्वजनिक

२८ असार २०८१, शुक्रबार ०२:५६
समीक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘आगो’ सार्वजनिक

काठमाडौँ। चर्चित गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ गीत ‘आगो’ सार्वजनिक भएको छ।

नारीप्रधान यो गीतमा रमेश बिजीको शब्द रहेको छ भने  रमेशराज भट्टराईको संगीत छ। यसलाई विश्वास नेपालले एरेन्ज गरेका हुन्। भिडियो आश्मा विश्वकर्मा फिचर्ड छिन्। शान थापाको निर्देशनमा तयार भिडिओमा राजीव समरको कोरियोग्राफी छ।

यसमा अर्जुन तिवारी र टिमको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ। बिहीबार ‘ईनाक्षी इन्टरटेन्मेन्ट’ युट्युब च्यानलमार्फत भिडिओ सार्वजनिक भएको हो।

भिडियो हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस्