भिडियो

गीतकार डा. शिव सुवेदीको नयाँ गीत ‘म त तिम्रो हैन’ सार्वजनिक

२८ असार २०८१, शुक्रबार ०१:५५
गीतकार डा. शिव सुवेदीको नयाँ गीत ‘म त तिम्रो हैन’ सार्वजनिक

काठमाडौं। चर्चित गीतकार तथा संगीतकार डा. शिव सुवेदीको नयाँ गीत ‘म त तिम्रो हैन’ आज  बुधबार शिव सुवेदीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।

म्युजिक भिडियो आज काठमाडौँस्थित एक भब्य कार्यक्रम गरि माननीय  तथा पुर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीद्वारा ‘म त तिम्रो हैन’ समारोहमा गीतको म्युजिक भिडियो विमोचन गरेका थिए।

विमोचन कार्यक्रम गीतकार संघ नेपालले आयोजना गरेको थियो।  उक्त कार्यक्रमा प्रमुख अतिथि माननीय पदम गिरि, अतिथिको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रिता थापा मगर, समिक्षाको लागि अग्रज मुर्धन्य गीतकार आनन्द अधिकारी, राजकुमार बगर र बैगुण्ठ महतलगायत चर्चित अग्रज र नयाँ पुस्तका कलाकारको उपस्थित रहेको थियोे ।

गीतकार सुवेदीको गीत ‘घाम जस्तो चम्किलो हुँदैन’ समेत १७ वर्षअघि गिरीले नै सार्वजनिक गरेका थिए।  पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियू सभापतिका रुपमा आफूले उक्त गीत सार्वजनिक गरेको पूर्वमन्त्री गिरीले कार्यक्रममा स्मरण गरे।

उनले भने, ‘घाम जस्तो चम्किलो हुँदैन भन्ने उक्त गीत जन–जनको मुखमा झुण्डिएको थियो। गीत-संगीत उहाँको सक्रियता र निरन्तरतालाई मैले नजिकबाट नियालेको छु। उहाँ निकै नै प्रतिभाशाली व्यक्ति हुनुहुन्छ।’

पछिल्लो समय दोहोरी गीतमा देखिएको विकृति र समाज खलबल गर्न प्रकारका गीत अहिले बाजारमा रहेका छन् यी सबैको भर्म चिर्न गीतकार डा. शिव सुवेदीले नयाँ गीत ‘म त तिम्रो हैन’ ल्याएका छन् । गीत भनेको यस्तो हुनु पर्छ । यो गित हेर्न र सुन्न लायक बनेको प्रतिष्ठान अध्यक्ष रिता थापा मगरले बताइन।

साथै, युट्युबमा भ्युज बढाउन मौलिकता, कला र संस्कृतिमाथि नै धावा बोल्ने क्रम चलिरहेका बेला यस्ता गीत आउनु सुखद् रहेको बताइन्।

गीतकार डा. सुवेदीले भनेका छन् ‘डायरीको गीतलाई सबैले हेर्न अनि सुन्न योग्य बनाइ दिने दर्शक श्रोतालाई यो गीत पनि मन पराउनु हुन्छ भने पुर्णत विश्वासत रहेको बताए छन् ।

यस गीतमा शब्द तथा संगीत डा. शिव सुवेदीकै रहेको छ। उक्त गीतमा चर्चित गायक कुलेन्द्र बिश्वकर्मा र गायिका शान्तिको स्वरमा रहेको छ। कारण चैसिरले छायाँकन गतेको  भिडियोलाई मनोज कार्कीले सम्पदन गरेका छन् । उक्त भिडियो मौसम हिमालीले निर्देशन गरेका छन् ।

चर्चित मोडेल सनम कठायत, लोमस शर्मा र लालना चिमोरियाको रोमाञ्चक अभिनय छ । भिडियोमा मोडेल सनम कठायत र लालनाले माया प्रेममा धोका पाएको छ। यो भिडियोमा मोडेल लोमस शर्मा भिलेनको भूमिकामा रहेका छन् । समाजको यथार्थ कहानीमा र पर्वत जिल्लामा बोलिने शब्द गीतमा सुन्न पाहिन्छ । भिडियो तथा अडियो पक्ष अब्बल छ।

भिडियो हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस्