राजनीति

सरकारलाई विश्वासको मत दिने/नदिने निर्णय गर्दै राप्रपा

२७ असार २०८१, बिहीबार ०३:१५
सरकारलाई विश्वासको मत दिने/नदिने निर्णय गर्दै राप्रपा

२७ असार, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्ने भएको छ। सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न आज संसदीय दलको बैठक बस्न लागेको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए।

बिहीबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको नेता बुद्धिमान तामाङले जानकारी दिए । उक्त बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेलगायत विषयबारे बैठकमा छलफल हुने बताइएको छ ।  प्रधानमन्त्रीले शुक्रबार विश्वासको मत लिँदैछन् ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएर मन्त्रीले समेत राजीनामा दिएपछि शुक्रबार विश्वासको मत लिने कार्यसूची तय भएको छ। राप्रपाको प्रतिनिधिसभामा १४ सिट रहेको छ। राप्रपाले एमाले-कांग्रेसबीचको गठबन्धन र संविधान संशोधन गर्ने विषयलाई स्वागत गरेको छ।

प्रतिक्रिया दिनुहोस्