राजनीति

सांसदहरूलाई एमालेको ह्विप- प्रधानमन्त्रीले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्नू

२६ असार २०८१, बुधबार ०८:००
सांसदहरूलाई एमालेको ह्विप- प्रधानमन्त्रीले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्नू

२६ असार, काठमाडौं। नेकपा एमालेले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ।

स्पष्ट अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले शुक्रवार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्। प्रधानमन्त्रीले विश्वासको लिने अनिवार्य उपस्थित भई विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको प्रमुख सचेतक महेश बर्तौलाले बताए।

प्रधानमन्त्री प्रचण्डले असार २८ गते शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।  एमालेले ह्विप जारी गर्दै उक्त दिनको बैठकमा आफ्नो पार्टीका सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्