समाचार

रास्वपाले महामन्त्री र पार्टी प्रवक्ताबाट हठाएपछि सामाजिक सञ्जालमा आए मुकुल

२५ असार २०८१, मंगलवार १५:३३
रास्वपाले महामन्त्री र पार्टी प्रवक्ताबाट हठाएपछि सामाजिक सञ्जालमा आए मुकुल

२५ असार, काठमाडौँ। पार्टीहित विपरीत काम गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेपछि मुकुल ढकालले रवि लामिछानेको क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार बिहान बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य मात्र रहनेगरी पदमुक्त गरेको थियो । निलम्बनपछि ढकालले रास्वपालाई रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प नरोकिने बताए ।

‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि…,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । अभद्र, अमर्यादित, अशोभनीय र पार्टी हितविपरित काम गरेको भन्दै ढकाललाइ रास्वपाले पार्टीबाट निष्काशित गरेको हो ।

रास्वपाले उनलाई कारबाहीबारे ३५ दिनभित्र पुनरावेदन समितिमा निवेदन दिन सक्ने सुविधा दिएको छ । यसर्थ पार्टीको साधारण सदस्यबाट भने हटाएको छैन ।इलामको उपनिर्वाचनपछि पार्टीले खटाएअनुसार ढकालले ३२ पृष्ठको प्रतिवेदन पार्टी सभापति लामिछानेलाई बुझाएका थिए । तर पार्टीमा छलफल नहुँदै मिडियाबाजी गरेको, सभापतिमाथि व्यक्तिगत रुपमा लाञ्छना लगाएकोलगायत आरोप लगाउँदै ढकालमाथि पार्टीले कारबाही गरेको हो ।

प्रतिक्रिया दिनुहोस्