बलिउड

सनम कठायत र एन जेड सालुको दोस्रो नयाँ म्युजिक भिडियो ‘तिमि छौ र म छु’ सार्वजनिक

२५ असार २०८१, मंगलवार ०३:५५
सनम कठायत र एन जेड सालुको दोस्रो नयाँ म्युजिक भिडियो ‘तिमि छौ र म छु’ सार्वजनिक

काठमाडौं । चर्चित मोडल सनम कठायत र एन जेड सालुको अभिनय रहेको म्युजिक भिडियो ‘तिमि छौ र म छु’ एन जेड सालुको अफिसियल युट्युबमार्फत सार्वजनिक भएको छ ।

युवा प्रतिभाशाली संगीतकार तथा गीतकार भीम विसीको शब्द तथा संगीत रहेको छ । गीतमा चर्चित गायिका मेलिना राई र सुमन केसीको स्वर रहेको छ ।

उक्त गीतको म्युजिक भिडियोमा सुगम संगीत लोकप्रिय मोडल कलाकार सनम कठायत, एन जेड सालुको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।गीतको भिडियो तथा अडियो पक्ष अब्बल रहेको छ ।

म्युजिक भिडियोका निर्देशक जनक सिंह , छायांकन दिपक गिरि अनि सम्पादन अमृत चापागाईंको रहेको छ ।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया दिनुहोस्