समाचार

प्रचण्डले भने सर्वसहमति नभए चुनाव हुन्छ

१७ पुष २०७८, शनिबार ११:४२
प्रचण्डले भने सर्वसहमति नभए चुनाव हुन्छ

१७ पुस, काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति र पदाधिकारी चयनमा सहमति नभए निर्वाचनमा जाने बताएका छन् ।

शनिबार महाधिवेशन बन्दसत्रमा सम्बोधन गर्दै उनले सहमतिका लागि कोशिस गर्ने तर सहमति नभएमा लोकतान्त्रिक अभ्यास कुण्ठित नगर्ने बताएका हुन्। ५ बजेसम्म सहमति जुटाउने समय साँझ पाँच बजेसम्मको लागि तोकिएको छ।

प्रचण्ड भन्छन्,‘सबैको कोशिस सहमति होस् भन्ने नै हो। तर, लोकतान्त्रिक अभ्यास वा जनवादी अभ्यास कुण्ठित गर्ने ढंगले हामी जाँदैनौं। कुनै पनि लोकतान्त्रिक अभ्यासका लागि हामी तयार छौं । तर, जस्तोसुकै लोकतन्त्रमा पनि पहिलो प्रयास सहमति नै हो।’

प्रतिक्रिया दिनुहोस्