समाचार

प्रदेशमा मन्त्रिमण्डल फेरबदल हुन्छः मुख्यमन्त्री कार्की

२४ असार २०८१, सोमबार १५:५४
प्रदेशमा मन्त्रिमण्डल फेरबदल हुन्छः मुख्यमन्त्री कार्की

२४ असार, मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशमा पनि मन्त्रिमण्डल फेरबदल हुने बताएका छन् ।

प्रदेश आन्तरिक मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दैे उनले मन्त्रिमण्डलमा फेरबदल भए पनि मन्त्रालयको सङ्ख्या भने नबढाउने स्पष्ट पारे ।

उनले नयाँ सत्ता समीकरणभन्दा बाहिरका साथीहरुले सरकार छोड्न नचाहेको समेत उल्लेख गरे । उनले प्रदेश सरकार अन्य प्रदेश सरकारभन्दा फरक अर्थात संविधानको धारा १६८ को उपधारा ५ मा निर्माण बताए ।

प्रतिक्रिया दिनुहोस्