समाचार

तत्काल राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई एमालेको आग्रह

२३ असार २०८१, आईतवार ०६:२३
तत्काल राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई एमालेको आग्रह

२३ असार,काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको सो पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बर्तौलाले प्रधानमन्त्रीले तत्काल राजीनामा दिन एमालेले माग गर्ने निर्णय गरेको बताउँदै सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न समेत आग्रह गरेको बताएका छन् ।

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिन पत्र पठाएको प्रसंग उल्लेख गर्दै राजीनामा नदिएर विश्वासको मत लिएमा आफूहरूले विपक्षमा मतदान गर्ने निर्णय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्