२३ असार,काठमाडौं। उरुग्वे कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । क्वार्टरफाइनलमा विश्वकपकै सर्वाधिक सफल टिम ब्रजिलमाथि जित हासिल गर्र्द उरुग्वेले सेमिफाइनलमा स्थान बनाएको हो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि टाइब्रेकरमा गएको थियो। टाइब्रेकरमा उरुग्वेले ४–२ को गोलअन्तरले जित निकालेको हो। जितसँगै उरुग्वे सेमीफाइनलमा पुगेको छ भने ब्राजिल प्रतियोगिताबाटै बाहिरिएको छ।
त्यस्तै पनामालाई सजिलै पराजित गर्दै कोलम्बिया पनि कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। स्टेट फार्म स्टेडियममा आज बिहान सम्पन्न खेलमा कोलम्बियाले पनामालाई ५–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।