समाचार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

२३ असार २०८१, आईतवार ०३:५३
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

२३ असार,काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक बस्दै छ । उक्त बैठक अहिले बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको छ ।

बैठकमा पार्टीको बाँकी पदाधिकारी व्यवस्थापन गर्न कार्यविधि तथा मापदण्ड बनाएर कमिटीलाई पूर्णता दिने, पदाधिकारी चयन लगायत विषयमा निर्णय गरिने पार्टीका नेता सोमप्रसाद पाण्डेले जानकारी दिए ।

शनिबार बसेको बैठकले महाधिवेशनबाट पार्टीलाई थप ऊर्जा प्राप्त भएको निष्कर्ष निकालेको थियो । केही नेतालाई प्रदेश प्रमुखको जिम्मेवारी तोक्न खोज्दा विवाद भएपछि बैठक स्थगन गरिएको थियो । भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको क्षमताका आधारमा आवश्यक पदमा मनोनित गरिने विषयमा समेत आजको बैठकमा छलफल गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्