समाचार

चार दिनदेखि हिउँमा फसेका बाबुछोरा सम्पर्कविहीन

१७ पुष २०७८, शनिबार ११:२९
चार दिनदेखि हिउँमा फसेका बाबुछोरा सम्पर्कविहीन

१७ पुस, काठमाडौँ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा चार दिनदेखि हिउँमा फसेका बाबुछोरा अझै सम्पर्कमा आएका छैनन् ।

अल्टिच्युट एयर कम्पनीको हेलिकोप्टर उनीहरूलाई उद्धार गर्न गए पनि सम्पर्कविहीन भएसँगै उद्धार हुन नसकेको हो ।  शनिबार बिहान मिक्वाखोला गाउँपालिका–५ का वडाध्यक्ष डण्डु शेर्पालाई फोनमार्फत उद्धारका लागि हेलिकप्टर पठाइदिन आग्रह गरेका थिए । सोहीअनुसार बिहान ११ बजे ताप्लेजुङको सुकेटारबाट उद्धारका लागि हेलिकोप्टर गएको र दुई घण्डा होल्ड गर्दा पनि उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

बिहान ११ बजे ताप्लेजुङको सुकेटारबाट उद्धारका लागि हेलिकोप्टर गएको र दुई घण्डा होल्ड गर्दा पनि उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । अन्दाजी ५०–५५ वर्षका लाक्पाटासी र उनहाका १४–१५ वर्षीय छोरा पासाङ शेर्पा हिउँमा फसेका हुन् ।

बाबुछोरा शुक्रबार मात्र टेलिफोन सम्पर्कमा आएको वडा अध्यक्ष शेर्पाले बताए । ‘चौंरीसँगै हिउँपहिरोले बगायो तर ओडार भेटेर बसेका छौँ । हामी निस्कन नसक्ने भयौं ।’ भन्दै हेलिकोप्टरबाट निकालिदिन आग्रह गरेको शेर्पाले बताए ।

प्रतिक्रिया दिनुहोस्