समाचार

प्रतिनिधिसभा बैठक बस्दै

२३ असार २०८१, आईतवार ०१:३८
प्रतिनिधिसभा बैठक बस्दै

२३ असार,काठमाडौं। प्रतिनिधिसभा बैठक आज बस्दै छ । राजनीतिक समीकरण फेरबदलपछि आज पहिलोपटक संसद् बैठक बस्न लागेको हो । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पत्ति भएको विनियोजन विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् । त्यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन पेस गर्नेछन् ।

यसैबीच पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८० पेश गर्ने कार्यसूची पनि छ।

आजकै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तीसौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९÷२०८० पेश गर्ने कार्यसूची पनि छ।

प्रतिक्रिया दिनुहोस्