समाचार

जसपाका मन्त्रीहरूले दिए राजीनामा

२१ असार २०८१, शुक्रबार १५:४७
जसपाका मन्त्रीहरूले दिए राजीनामा

२१ असार,काठमाडौं। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जसपाले शुक्रबार संसदीय दलको बैठकबाट निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । पार्टीको निर्णयपछि अध्यक्ष अशोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सर्मथन फिर्ता दिएको पत्र लेखेका छन् ।

जसपाका प्रतिनिधि सभामा ७ सांसद रहेका छन् भने प्रचण्ड नेतृत्वको सरकारमा प्रदिप यादव स्वास्थ्य तथा नवल किशोर शाह वन मन्त्री रहेका छन् । एमालेपछि सरकारबाट बाहिरिने जसपा दोस्रो दल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्