समाचार

नेकपा एसको निष्कर्ष : सिद्धान्तबिना कांग्रेस-एमाले मिल्नु दक्षिणपन्थी अवसरवाद (पूर्णपाठ)

२१ असार २०८१, शुक्रबार १५:४०
नेकपा एसको निष्कर्ष : सिद्धान्तबिना कांग्रेस-एमाले मिल्नु दक्षिणपन्थी अवसरवाद (पूर्णपाठ)

२१ असार,काठमाडौं। नेकपा एकीकृत समाजवादीले सत्ता समीकरण बदलेर कांग्रेस एमालेको मिलनलाई दक्षिणपन्थी अवसरवादको संज्ञा दिएको छ।

महाधिवेशनबाट शुक्रवार पारित १९ बुँदे प्रस्तावमा एकीकृत समाजवादीले नेपाली कांग्रेस र नेकपा (एमाले)को नयाँ गठबन्धनलाई घुमाउरो पारामा दक्षिणपन्थी अवसरवाद भनेको हो । प्रस्तावमा उसले दुई दलको नाम भने लिएको छैन ।

वर्ग संघर्ष सही दिशा र गति दिनका लागि समाजवादी क्रान्तिका लागि वामपन्थीहरुबीचको बृहत् एकता र सहकार्य अगाडि बढाउन सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूलाई आह्वान गरेको छ।

‘सरकारको समीकरण परिवर्तन गर्दै कुनै सैद्धान्तिक आधारबिना सत्तास्वार्थका लागि जोसँग पनि जतिखेर पनि जस्तोसुकै सम्झौता गरेर अस्थिरता निम्त्याउने काम गर्नु दक्षिणपन्थी अवसरवाद हो भन्ने यो महाधिवेशनको निष्कर्ष छ,’ ३ नम्बर बुँदामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्