समाचार

पत्रकार महासंघको निर्वाचन पुनः स्थगित

२१ असार २०८१, शुक्रबार १५:२७
पत्रकार महासंघको निर्वाचन पुनः स्थगित

२१ असार,काठमाडौं। नेपाल पत्रकार महासंघको निर्वाचन पुनः स्थगित भएको छ ।

शुक्रबार महासंघको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै यही शनिबारका लागि तोकेको निर्वाचन स्थगित भएको जनाएको हो । सहज वातावरण बन्न नसकेको हुँदा निर्वाचन कार्यक्रम स्थगित गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

समितिले भनेको छ, ‘निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहँदा रहँदै पनि निर्वाचनका लागि सहज वातावरण बन्न नसकेको हुँदा मिति २०८१/०३/२२ मा निर्धारित मतदानको कार्यक्रम सम्पन्न हुन नसक्ने ब्यहोरा अवगत गराइन्छ । नेपाल पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएका बखत निर्वाचन कार्यक्रम अघि बढाउने ब्यहोरा अनुरोध गरिन्छ ।’

विज्ञप्तीमा भनिएको छ निर्वाचन कार्यतालिका बमोजिम कार्यक्रम अगाडी बढिरहेको अवस्थामा तत्काल सिर्जित असहज वातावरणका कारण निर्वाचन प्रक्रिया अगाडी बढाउन नसकिने भनि यसअघि नै सुचना प्रकाशन गरिएको विदितै छ । निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहँदा रहँदै पनि निर्वाचनका लागि सहज वातावरण बन्न नसकेको हुँदा मिति २०८१/०३/२२ मा निर्धारित मतदानको कार्यक्रम सम्पन्न हुन नसक्ने ब्यहोरा अवगत गराइन्छ । नेपाल पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएका बखत निर्वाचन कार्यक्रम अघि बढाउने ब्यहोरा अनुरोध गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्