समाचार

माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित

१७ पुष २०७८, शनिबार ०८:००
माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा पार्टीको विधान मस्यौदा बहुमतले पारित भएको छ ।  काठमाडौंको प्रज्ञा भवनमा शनिबार जारी बन्दसत्रमा पार्टी स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामा केहि परिमार्जन गरेर पारित भएको हो।

गुरुङले विधान मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएपछि प्रस्ताब पारित भएको हो ।  सुझावहरु समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय कमिटीले अन्तिप रुप दिने गरी विधान मस्यौदा पारित गर्न गुरुङले आग्रह गर्नुभएपछि महाधिवेशनको बन्द सत्र हलले सर्वसम्मतले पार्टीको विधान पारित गरेको छ ।

विधान अनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्याइएको छ ।

विधान पारित गरेलगत्तै महाधिवेशन स्थलमै पार्टीको स्थायी कमिटी बैठक बसेको छ । सो बैठकपछि मात्र पदाधिकारी लगायत नेतृत्व चयनका लागि आवश्यक निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्