खेलकुद

इक्वेडरलाई पेनाल्टीमा हराउँदै मेसीको अर्जेन्टिना पुग्यो कोपा अमेरिकाको सेमिफाइनल

२१ असार २०८१, शुक्रबार ०३:३१
इक्वेडरलाई पेनाल्टीमा हराउँदै मेसीको अर्जेन्टिना पुग्यो कोपा अमेरिकाको सेमिफाइनल

२१ असार,एजेन्स। इक्वेडरलाई पेनाल्टीमा ४–२ गोलअन्तरले हराउँदै मेसीको अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनल पुगेको छ ।

३५औं मिनेटमा लिसान्ड्रो मार्टिनेजको गोलमा अघि बढे्को अर्जेन्टिना ९० मिनेटपछि थप गरिएको ५ मिनेट सम्हालिन नसक्दा ९१औं मिनेटमा इक्वेडरका केभिन रोड्रिगोएजले उत्कृष्ट हेड गरेर खेल बराबरीमा टुङ्गिएको थियो ।

बेल बराबारमा टुङ्गिएपछि सिधैं पेनाल्टी सुटआउटमा गएको थियो । जहाँ अर्जेन्टिनाका लागि गोल किपर इमिलियानो मार्टिनेजले इक्वेडरका दुई पेनाल्टी रोकेपछि खेल ४–२ ले जितेको हो । अर्जेन्टिनाका कप्तान मेसीले प्रहार गरेको पेनाल्टी बारमा ठोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्