समाचार

प्रधानमन्त्री दाहाललाई राजीनमा दिन महामन्त्री थापाको सुझाव

२० असार २०८१, बिहीबार ०७:२९
प्रधानमन्त्री दाहाललाई राजीनमा दिन महामन्त्री थापाको सुझाव

२० असार,काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिन सुझाव दिएका छन्।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै थापाले संविधान अनुसार विश्वासको मत लिने अधिकार प्रधानमन्त्रीलाई भएपनि अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन्।

समावेशी र समानुपातिक प्रतिनिधित्व लगायतका विषयका साथै संघियतालाई कार्यान्वयन गर्न संविधान संशोधन गर्नुपर्ने आवश्यकता विगत ७ वर्षमा सबैले महसुस गरेकाले संविधान संसोधन गर्न लागिएको उनको भनाई छ। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई थप परिमार्जित र परिष्कृत गरेर अझै मजबुत बनाउने उद्देश्यले नेपाली कांग्रेस र एमाले बीच नयाँ सहकार्य शुरु गरिएको पनि उनले बताए।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनामा नेपाली कांग्रेसको ठूलो योगदान रहेको बताउँदै उनले संविधान संशोधन आवश्यक भएको विचार व्यक्त गरे। सबै पक्षको सहमतिमा त्यसलाई मूर्तरूप दिन नेपाली कांग्रसले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्