समाचार

सहमतिबाटै नेतृत्व चयन हुन्छ : अध्यक्ष नेपाल

२० असार २०८१, बिहीबार ०७:२३
सहमतिबाटै नेतृत्व चयन हुन्छ : अध्यक्ष नेपाल

२० असार,काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको नेतृत्व चयन सर्वसम्मत हुने बताएका छन् ।

 बिहीबार काठमाडौंमा पार्टीका शीर्ष तहका नेताहरूसँग छलफल गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । पार्टीको महाधिवेशनमा महासचिव घनश्याम भुसालले अध्यक्षमा दाबी गरेका थिए । वार्तापछि सहमतिबाटै नेतृत्व टुंगो लाग्ने निष्कर्षमा पुगेको पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष नेपालले बताए ।

अध्यक्ष नेपालले वार्तापछि सहमतिबाटै नेतृत्व टुंगो लाग्ने निष्कर्षमा पुगेको बताए । ‘छलफल चलिरहेको छ । सर्वसम्मत रूपमा नेतृत्व चयन हुन्छ । पहिलो महाधिवेशन हुँदै छ, दोहोरिने होइन,’ उनले भने ।

अध्यक्ष नेपालले महाधिवेशन पार्टीको पहिलो भएकाले अध्यक्षमा दोहोरिने नभई नयाँ नेतृत्व चयन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्