अर्थ / वाणिज्य

फेरी बढ्यो सुनको मूल्य

२० असार २०८१, बिहीबार ०७:२१
फेरी बढ्यो सुनको मूल्य

२० असार,काठमाडौं। स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार छ सयले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ४२ हजार सात सयमा कारोबार भएकोमा आजका लागि भने एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ।

यसैगरी, चाँदीको मूल्य तोलामा ४० ले बढेको छ। बुधबार प्रतितोला एक हजार आठ सय २५ मा कारोबार भएको चाँदीको मोल आजका लागि भने एक हजार आठ सय ६५ निर्धारण भएको छ।

प्रतिक्रिया दिनुहोस्