समाचार

एमालेका मन्त्रीहरूलाई प्रचण्डले भने– अहिलेलाई यस्तै भयो, कुनै दिन मिल्नुपर्छ

१९ असार २०८१, बुधबार १६:३०
एमालेका मन्त्रीहरूलाई प्रचण्डले भने– अहिलेलाई यस्तै भयो, कुनै दिन मिल्नुपर्छ

१९ असार,काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिन गएका नेकपा एमालेका मन्त्रीहरूलाई फत्तेमान राजभण्डारीको गीत सुनाएका छन्।

बुधबार साँझ एमालेका मन्त्रीहरूको राजीनामा बुझेपछि प्रचण्डले अहिलेसम्मको सहकार्यका लागि ‘धन्यवाद’ दिए।  खानेपानीमन्त्री राजेन्द्र राईले बालुवाटारमा प्रचण्डले भनेको भनाइ उद्द्धृत गर्दै भने, ‘सहकार्य राम्रोसाथ गरियो। अहिलेको परिस्थिति त्यस्तै भयो, कुनैदिन मिलेर जानुपर्छ भन्नुभयो।’

एमालेका एक मन्त्रीले भने, ‘यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले, भन्ने गीत प्रचण्डले सुनाउनु भयो । अरु कुनै राजनीतिक टिप्पणी गर्नुभएन् ।

एमालेका मन्त्रीहरुले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता भएको जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्