भिडियो

सनम कठायत र मिस पवीको ‘बनारासको साडी’ सार्वजनिक

१९ असार २०८१, बुधबार १६:१४
सनम कठायत र मिस पवीको ‘बनारासको साडी’ सार्वजनिक

काठमाण्डौं। चर्चित गायिका रचना रिमाल र गायक नवराज कलौनीको स्वर रहेको नयाँ गीत “बनारासको साडी” सार्वजनिक भएको छ ।

गीतमा गायक नवराज कलौनीले नै शब्द दिएका छन् । सार्वजनिक भिडियोमा यथार्थ कथामा निर्माण भएको गीती भिडियोमा प्रेमलाई निकै आकर्षक ढंगबाट समेटिएको छ ।

अन्तरम विष्टले गीतमा संगीत भरेका छन् । भिडियोमा विदेशबाट घर फर्किदै गरेको दृश्य देख्न सकिन्छ। घर फर्किदै गर्दा बाटोमा आफ्नी प्रेमी पानी लिन खोलामा गएको बेला घरसम्मको माया प्रेम अवस्थालाई गीतलाई चित्रण गरिएको छ ।

प्रकाश खड्का र उनको टिमले छायाँकन गरेको भिडियोलाई बिक्रम चौहानले निर्देशनमा भिडियो तयार गरिएको छ ।

भिडियोमा चर्चित मोडेल सनम कठायत र मिस पवीको फिचरिङमा रहेको छ । गीतको भिडियो तथा अडियो पक्ष अब्बल भएको कारणले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको मोडेल सनम कठायतले बताए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्