समाचार

प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

१८ असार २०८१, मंगलवार ०७:३६
प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

१८ असार,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न शीतल निवास पुगेका छन् । उनी केहीबेर अघि शीतल निवास पुगेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रचण्ड केहीबेर अघि शीतलनिवास पुगेका हुन्। फेरिएकाे राजनीतिक परिस्थितबारे दुवैबीच छलफल जारी भइरहेकाे स्राेतले जनाएकाे छ। प्रधानमन्त्री ‘प्रचण्ड’ले राजीनामा नदिने भएका छन्। आज बिहान बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकले दाहालले राजीनामा नदिने निष्कर्ष निकालेको हो।

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिएर विश्वासको मतका लागि एक महिनाको समय लिएमा नयाँ सरकारको गठन बारे के गर्ने भन्नेमा कांग्रेस-एमालेसहित राष्ट्रपतिसमेत कानुनी परामर्शमा रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्