समाचार

जसपा नेपालले एमाले-कांग्रेसको सरकारलाई समर्थन गर्ने

१८ असार २०८१, मंगलवार ०६:३७
जसपा नेपालले एमाले-कांग्रेसको सरकारलाई समर्थन गर्ने

१८ असार,काठमाडौं। जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले आफ्नो पार्टीले एमाले-कांग्रेससहितको सरकारलाई समर्थन गर्ने बताएका छन् ।

‘पुष्पकमल दाहाल नेतृत्वको सरकार नै राजनीतिक अस्थिरताको कारण थियो । त्यो अस्थिरताबाट निस्किन अत्यन्त आवश्यक भइसकेको अवस्था हो,’ यादवले भने, ‘प्रचण्डले धोखा दिनलाई अब कोही बाँकी थिएनन् । जनयुद्धका वीरयोद्धा र घाइतेलाई समेत उहाँले धोखा दिनुभएको थियो । त्यसैको फलस्वरूप अहिले उहाँलाई ओलीजीले पनि ११ हजार भोल्टको झट्का दिनुभयो ।’

अहिले भएको सहमति दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच मात्र भएकाले अब बन्ने नयाँ सरकारलाई राष्ट्रिय सहमतिको सरकार भन्न भने नसकिने उनको प्रतिक्रिया छ ।

 त्यो गठबन्धनमा कुन कुन दल रहने भन्ने निश्चित भएको छैन । यद्यपि जसपा नेपालले आफू नयाँ गठबन्धनसँगै रहने बताएको छ ।कांग्रेस–एमाले गठबन्धनले ६ वटा प्रदेश सरकारको नेतृत्व बाँडफाँट गरेका छन् तर मधेस प्रदेश भने मधेसवादी दलका लागि छाडेका छन् । अहिले मधेस प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले गरेको छ ।

नयाँ गठबन्धनले मधेस प्रदेशमा जनमतलाई निरन्तरता दिने हो कि त्यहाँ पनि समीकरण परिवर्तन गर्ने भन्ने टुङ्गो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्