राजनीति

राप्रपाले बोलायो पदाधिकारी बैठक

१८ असार २०८१, मंगलवार ०६:२६
राप्रपाले बोलायो पदाधिकारी बैठक

१८ असार,काठमाडौं। परिवर्तित राजनीतिक परिस्थितिबारे छलफल गर्न राप्रपाले पदाधिकारी बैठक बोलाएको छ । कांग्रेस र एमालेबीच सत्ता सहकार्यबारे सहमति जुटेसँगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने परिस्थिति निर्माण भएको छ ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार परिवर्तित राजनीतिक परिस्थितिका बारेमा समीक्षा गर्न र पार्टीको धारणा बनाउन मंगलबार दिउँसो २ बजे पदाधिकारी बैठक बस्दैछ।

बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ। संघीय संसदमा राप्रपाका १४ जना सांसद छन्। राप्रपा यसअघि का‌ंग्रेसले राख्ने प्रतिपक्षी दलहरूको बैठकमा पनि पटक-पटक सहभागी भएको थियो।

राप्रपाले यसअघि गण्डकीमा कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गरेको थियो। नेपाली कांग्रेस र नेकपा (एमाले) बीच गएको मध्यरातमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयमा सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस्