मुख्य समाचार

नयाँ सत्ता समीकरणमा सहभागी नहुने रास्वपाको निर्णय

१८ असार २०८१, मंगलवार ०६:०२
नयाँ सत्ता समीकरणमा सहभागी नहुने रास्वपाको निर्णय

१८ असार,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी अब बन्ने नयाँ गठबन्धनको सरकारमा सहभागी नहुने भएको छ ।

कांग्रेस र एमालेबीच सत्ता समीकरणका लागि सहमति भएपछि मंगलबार बिहान सिंहदरबारमा बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनको सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक सन्तोष परियारले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको बताउँदै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने भएकाले एमाले–कांग्रेसबीचको गठबन्धमा सहभागी हुने बताए ।

‘नयाँ गठबन्धन यो घटना देश र जनताको हितमा छैन । यसले राजनीतिक स्थायित्व दिन सक्दैन भन्ने हाम्रो बुझाइ छ । अब बन्ने गठबन्धनमा हामी सहभागी हुँदैन’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्