समाचार

प्रचण्ड लक्षित बाबुरामको स्टाटस– ‘सधैँभरी ठग्न सकिन्न’

१८ असार २०८१, मंगलवार ०५:४९
प्रचण्ड लक्षित बाबुरामको स्टाटस– ‘सधैँभरी ठग्न सकिन्न’

१८ असार, काठमाडौँ। पूर्व प्रधानमन्त्री तथा नेसपाका अध्यक्ष नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्ड लक्षित टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत घुमाउरो तरिकाले सबैलाई सधैँभरी ठग्न नसकिने टिप्पणी गरेका हुन् ।

कांग्रेस–एमालेसँगको सहमतिपछि सामाजिक सञ्जाल एक्स मार्फत डा. भट्टराईले भनेका छन्– ‘केहीलाई सधैँभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैँभरी ठग्न सकिन्न ।’ सन्दर्भ बुझौँ ।

कांग्रेस- एमालेसँगको सहमतिपछि सामाजिक सञ्जाल मार्फत डा. भट्टराईले प्रचण्डलाई लक्षित गर्दै भनेका छन्- ‘केहीलाई सधैँभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैंभरी ठग्न सकिन्न । सन्दर्भ बुझौँ !’

प्रतिक्रिया दिनुहोस्