मुख्य समाचार

रोल्पामा जीप दुर्घटना अपडेट: ६ जनाको मृत्यु

१७ असार २०८१, सोमबार १४:३७
रोल्पामा जीप दुर्घटना अपडेट:  ६ जनाको मृत्यु

१७ असार, काठमाडौँ। रोल्पाको घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप माडी गाउँपालिका ४ परेवा छहरामा दुर्घटना हुँदा ११ जना यात्रु गम्भिर घाइते भएका छन्।

सोमबार दिउँसो ४ बजे माडी गाउँपालिका-३ परेवा छहरा नजिकै जीप सडकबाट करिब ४ सय मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार माडी गाउँपालिका-२ घर्तिगाउँ बजारबाट तालावाङ जाँदै गरेको जिप दुर्घटना भएको हो।

दुर्घटना स्थलमै ५ जनाको ज्यान गएको हो। उपचारका लागि उद्धार गरी घर्तिगाउँ समृती हस्पिटल ल्याइएका १ जना घाइतेको मृत्यु गएको छ। घाइते ५ जनालाई रेउघा अस्पताल पठाइएको माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तीले जानकारी दिए।

उनीहरूको उद्धार गरी उपचारका लागि अहिले अस्पतालतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक भरत लामाले जानकारी दिए।

जीप सडकबाट करिब ४ सय मिटर तल खसेको उनले थाहाखबरलाई जानकारी दिए। घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ। केहीको मृत्यु भएको आशंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस्