sudurpashchim

सुदूरपश्चिम प्रदेश सरकारबाट नागरिक उन्मुक्ति पार्टीले फिर्ता बोलायो दुई मन्त्री

१७ असार २०८१, सोमबार १४:२६
सुदूरपश्चिम प्रदेश सरकारबाट नागरिक उन्मुक्ति पार्टीले फिर्ता बोलायो दुई मन्त्री

१७ असार, धनगढी। नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सरकारबाट समर्थन फिर्ता लिन सरकारमा सहभागी मन्त्रीलाई  निर्देशन गर्दै सोमबार पत्राचार गरेका छन् ।

संसदीय दलका नेता घनश्याम चौधरीले दुवै मन्त्रीलाई फिर्ता बोलाएको जानकारी दिए। उनले पत्र काटेरै फिर्ता बोलाएको बताए। नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम सरकारमा भाैतिक पूर्वाधार तथा यातायात मन्त्री  कैलाश चौधरी छन्। यस्तै, कृषि तथा भूमि सुधार मन्त्री टीका थापा रहेकी छन्।

उनीहरू संसदीय दलकाे निर्णयविरूद्ध सरकारमा गएकोले अहिले फिर्ता हुन पत्र काटेकाे चाैधरीले जानकारी दिए। फिर्ता बाेलाइएकाे विषयमा मन्त्री कैलाश चाैधरीले पार्टीको आधिकारिक पत्र आफूकहाँ नआएको बताए।

प्रतिक्रिया दिनुहोस्